काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई बयानका लागि अदालतमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउन माग गरिएको हो।

advertisement

निवेदनमा ती व्यक्तिहरूले रकम लिएको भन्ने दाबी गरिएको अडियो, भिडियोसहितका प्रमाणहरू मिसिलमा संलग्न गरिएको अधिवक्ता नेपालले जानकारी दिए। उक्त निवेदनमाथि केन्द्रित रहेर भोलि अदालतमा बहस हुने तय भएको छ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम चरणको सुनुवाइ जारी छ।

यस मुद्दामा २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग दायर गरिएको थियो।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com