एजेन्सी ।  बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिएका छन् ।

उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्,“अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।”

advertisement

सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ । विभिन्न माध्यमबाट आएका सूचना अनुसार रक्षा कोष यसको लागि माग गरिएको भन्दा धेरै कम हुने बताइएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com