काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन्।

उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर। दुई अर्ब होइन। दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न तयार छु। यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे अनविज्ञ हो र ? ती पनि खुल्नेछन्।’

उनले सुशासनको निर्मम ऐजेन्डा लिएर अघि बढेको भन्दै सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन नसक्ने दाबी गरे।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com