काठमाडौं। सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पतालहरूको घना उपस्थिति रहेको प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक बाटो अवरुद्ध हुने गरी कुनै पनि सभा, जुलुस, आन्दोलन वा प्रदर्शन नगर्न आदेश दिएको छ।

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले पठनपाठन प्रभावित भएको भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश जारी गरेको हो।

advertisement

अदालतले प्रदर्शनीमार्ग क्षेत्रमा हुने भीडभाड, नाराजुलुस तथा ध्वनि प्रदूषणका कारण शैक्षिक गतिविधि र अस्पताल सेवा प्रभावित भएको निष्कर्ष निकालेको छ।

त्यस्तै, भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा अबदेखि राजनीतिक प्रकृतिका कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको छ। अदालतले त्यहाँ सामाजिक, शैक्षिक, व्यवसायिक, बौद्धिक तथा सांस्कृतिक प्रकृतिका प्रदर्शनी मात्र गर्न अनुमति दिन आदेश दिएको छ।

साथै, शैक्षिक संस्था र अस्पताल क्षेत्रमा ध्वनि तथा वायु प्रदूषण नहुने गरी आवश्यक सुरक्षात्मक उपाय अपनाउन पनि निर्देशन दिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com