काठमाडौँ ।‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो।
सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित दाहालको निवास पुगेको थियो। दाहालकै निवासमा तीन जना पूर्वप्रधानमन्त्रीहरूसँग कार्यदलले सामुहिक छलफल गरेको हो।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया