काठमाडौं । आजको आधुनिक जीवनशैली मा मानिसहरूको दैनिक कार्यतालिका पहिलेभन्दा निकै व्यस्त भएको पाइन्छ । कार्यालय, व्यवसाय, अध्ययन, खेलकुद तथा डिजिटल जीवनशैलीले धेरै व्यक्तिलाई लामो समय सक्रिय रहनुपर्ने बाध्यता हुँदा उनीहरु थकित मुद्रामा देखिन्छ । इनर्जी ड्रिंक उद्योगले मानिसहरुलाई जोस,जाँगर र उत्साह जगाउन “ऊर्जा दिने”, “थकान कम गर्ने” तथा “एकाग्रता बढाउने” पेय बजारमा ल्याएको पाइन्छ। बजारमा हाल आक्रामक आएको एक्स्ट्रिम इनर्जी ड्रिंक उपभोक्ताको पहिलो रोजाइका रूपमा स्थापित भएको पाइन्छ । बजारमा उपलब्ध विभिन्न ब्रान्डबीच एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्नो गुणस्तर, स्वाद र विश्वसनीयताका कारण आम उपभोक्ताको मन र बिस्वास जित्न सफल भएको पाउन सकिन्छ । एक्स्ट्रिमले केवल ऊर्जा प्रदान गर्ने पेयको रूपमा मात्र नभएर आधुनिक जीवनशैलीसँग मेल खाने पेय पदार्थका रूपमा आफ्नो पहिचान बनाएको छ । विद्यार्थी, व्यवसायी, चालक, खेलाडी तथा व्यस्त पेशाकर्मीहरूबीच यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिने एक्स्ट्रिमले नेपाली उपभोक्ताको आवश्यकतालाई केन्द्रमा राखेर बजार रणनीति अघि बढाइरहेको छ।
इनर्जी ड्रिंकको सुरुवात
आज विश्वभर लोकप्रिय बनेका इनर्जी ड्रिंकहरूको सुरुवात जापानबाट भएको हो । “इनर्जी ड्रिंक” को जन्म सन् १९६२ मा जापानमा भएको थियो। दोस्रो विश्वयुद्धपछि जापान तीव्र औद्योगिकीकरणको चरणमा थियो। कारखानाका कामदार, ट्रक चालक तथा लामो समय काम गर्ने कर्मचारीलाई जागा र सक्रिय राख्न सक्ने पेयको आवश्यकता महसुस गरि जापानी औषधि कम्पनी Taisho Pharmaceutical ले सन् १९६२ मा Lipovitan D नामक पेय पदार्थ बजारमा ल्याएको थियो। त्यो पेयमा टाउरिन, क्याफिन र बी-भिटामिनको मिश्रण गरिएको थियो । जसले थकान कम गर्न र ऊर्जा बढाउन मद्दत गर्दथ्यो। यसलाई विश्वको पहिलो आधुनिक इनर्जी ड्रिंक मानिन्छ।
नेपाली उत्पादन
एक्स्ट्रिम इनर्जी ड्रिंक (Xtreme Energy Drink ) नेपालमै उत्पादन हुने ब्रान्ड हो । यसको युवाहरूलाई लक्षित गर्दै ऊर्जा पेय उत्पादन गर्ने,खेलकुद, संगीत, इभेन्ट र युवा संस्कृतिसँग जोडिने,कम मूल्यमा अन्तर्राष्ट्रिय स्तरको स्वाद दिने लक्ष्यका साथ उत्पादन गरेको छ । Xtreme विस्तार हुँदै गएपछि यसले केवल पेय पदार्थ मात्र नभई ब्रान्ड मार्केटिङ रणनीति अपनाएको पाइन्छ । विश्वव्यापी रूपमा इनर्जी ड्रिंक उद्योग अर्बौं डलरको बजारमा विकसित भइसकेको अबस्थामा नेपालमा पनि पेय उद्योग विस्तारले राज्यको राजस्व र आम्दानीमा ठुलो योगदान पुर्याइरहेका छन्। यी उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष हजारौं मानिसहरुलाई रोजगारी दिएका छन्। त्यस्तै एक्स्ट्रिम इनर्जी ड्रिंकले देशमा नै नयाँ अवसर सिर्जना गरिरहेको छ भने नेपाली पैसा विदेश जानबाट रोक्दै यस उद्योगको विस्तारले उत्पादन, वितरण, विज्ञापन, खुद्रा व्यापार तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने काम गरेको छ ।
लोकप्रियता र आकर्षण
आफ्नो काममा निक्कै व्यस्त र सक्रिय हुनुपर्ने आजको समयमा शरीरमा ऊर्जा महसुस गराउन तथा सतर्कता बढाउन मद्दत गर्ने पेय जरुरी हुन्छ । इनर्जी ड्रिंकले उनीहरुको यहि आबस्यकतालाई पुरा गर्न क्याफिन, चिनी, टाउरिन, बी–भिटामिन लगायतका तत्वहरू समावेश भएको शरीरमा ऊर्जा दिने पेय बजारमा ल्याएको पाइन्छ ।बिशेष गरि १८ देखि ३८ वर्ष उमेर समूहका युवाहरु इनर्जी ड्रिंकको प्रमुख उपभोक्ता हुन् ।युवा पुस्ता नयाँ उत्पादन, नयाँ स्वाद तथा आधुनिक ब्रान्डिङतर्फ बढी आकर्षित हुने भएकाले कम्पनीहरूले पनि आफ्नो प्रचार–प्रसार त्यही समूहलाई लक्षित गरेर गरिरहेका छन् ।‘एक्सट्रिम’ ब्रान्डका विज्ञापनहरू हेर्दा खेलकुद, फिटनेस, साहसिक गतिविधि, ऊर्जा र सफलतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको देखिन्छ। युवाहरूले आफूलाई सक्रिय, आत्मविश्वासी र आधुनिक देखाउन चाहने हुँदा यही चाहनालाई सम्बोधन गर्दै यस्ता ब्रान्डहरूले आफ्नो छवि निर्माण गरिरहेका छन्।
सञ्जालको भूमिका
एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता बढाउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । फेसबुक, टिकटोक, इन्स्टाग्राम तथा युट्युबमा फिटनेस इन्फ्लुएन्सरहरू, खेलाडीहरू तथा कन्टेन्ट क्रिएटरहरूले यस्ता उत्पादनबारे सामग्री साझा गर्ने गरेका छन्। यसले ब्रान्डलाई छोटो समयमा ठूलो उपभोक्ता समूहसम्म पुग्न सहयोग पुर्याएको छ । विशेष गरी दृश्यात्मक प्रचार सामग्रीले युवाहरूमा प्रभाव पार्ने भएकाले कम्पनीहरूले डिजिटल प्लेटफर्ममा ठूलो लगानी गरिरहेका छन्।
फिटनेस संस्कृति
नेपालमा पछिल्लो दशकमा जिम, फिटनेस सेन्टर तथा खेलकुद गतिविधिहरूको विस्तार उल्लेखनीय रूपमा बढेको पाइन्छ। आजकलका मानिसहरु स्वास्थ्यप्रति सचेत मानिन्छ। फिटनेससँग सम्बन्धित विभिन्न उत्पादनहरूमध्ये एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्नो पहिलो स्थान ओगटेको पाइन्छ । शहरमा मात्र होइन गाउँ घरमा समेत खेलाडी तथा जिम जाने व्यक्तिहरूले रोजाइमा एक्स्ट्रिम रहेको पाइन्छ ।
बदलिँदो विज्ञापन शैली
आजको प्रविधिको युगमा इनर्जी ड्रिंक उद्योगको सफलता केवल उत्पादनमा मात्र सीमित नभएर आधुनिक मार्केटिङ रणनीति पनि हो। पहिले पेय पदार्थका विज्ञापनहरू स्वाद र मूल्यमा केन्द्रित रहेको थियो भने अहिले ऊर्जा, साहस, उपलब्धि, सफलता र जीवनशैलीमा जोड दिइन्छ। ‘एक्सट्रिम’ ब्रान्डहरूले “ऊर्जा” र “प्रेरणा”लाई केन्द्रमा राखेर काम गरिरहेका छन्। आज यी ब्राण्डहरुले आकर्षण बिज्ञापनमार्फत समाजमा मानिसको जोस,उत्साह र आत्माबिस्वास बढाउन ठुलो योगदान पुर्याइरहेका छन्।
उपभोक्ता मनोविज्ञान
पहिले स्वादलाई मात्र प्राथमिकता दिने उपभोक्ताहरू अहिले अनुभव र उपयोगितालाई पनि महत्त्व दिन थालेका छन्। एक्स्ट्रिम इनर्जी ड्रिंकले यही मनोविज्ञानलाई सम्बोधन गरेको देखिन्छ। उपभोक्ताले आफूलाई बढी सक्रिय, केन्द्रित र ऊर्जावान महसुस गराउने उत्पादन खोजिरहेका बेला ‘एक्सट्रिम’ले आधुनिक युवा पुस्ताको बदलिँदो जीवनशैली, फिटनेस संस्कृतिको विस्तार तथा ऊर्जा केन्द्रित उपभोक्ता प्रवृत्तिलाई प्रतिनिधित्व गरिरहेको छ । बजारमा यस्ता उत्पादनहरूको लोकप्रियता बढ्नु केवल पेय पदार्थको सफलतामात्र होइन, आधुनिक समाजको गतिशील जीवनशैलीको संकेत पनि हो। ऊर्जावान जीवनशैलीको खोजीमा रहेका उपभोक्ताका लागि इनर्जी ड्रिंक एउटा विकल्प हुन सक्छ, तर दीर्घकालीन स्वास्थ्यका लागि सन्तुलित आहार, पर्याप्त आराम र नियमित व्यायामको महत्व भने सधैं अग्रस्थानमै रहनेछ।बच्चा,बिरामी र गर्भवती महिलाले भने यसको सेवन गर्न नहुने चेतावनी कम्पनीले दिएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया