काठमाडौं। धनगढी नजिकै गोदावरी नगरपालिका–४ मा गोदावरी नदी तर्ने क्रममा बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत्यु हुनेमा ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमला रहेका छन्।

advertisement

प्रहरीका अनुसार शुक्रबार बिहान च्याउ टिप्न घरबाट निस्केका उनीहरूलाई चुरे क्षेत्रमा भएको अविरल वर्षापछि गोदावरी नदीमा आएको आकस्मिक बाढीले बगाएको हो।

घटनापछि तत्काल खोजीमा खटिएको प्रहरी टोलीले दुवै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला पारेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com