काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आजैका मितिदेखि आधिकारिक रूपमा समाप्त भएको घोषणा गरेका छन् ।

जर्जियामा आयोजित एक भर्चुअल र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको दाबी गरे । उनले इरानका सर्वोच्च नेता मोजतवा खामेनीले सम्झौताका सबै सर्तहरू स्वीकार गरेको बताए ।

advertisement

ट्रम्पका अनुसार सम्झौताको मुख्य सफलता इरानले कहिल्यै पनि आणविक हतियार खरिद वा विकास नगर्ने सर्तलाई पूर्ण रूपमा स्वीकार गर्नु हो । उनले इरानमाथि बिहीबार राति गर्न लागिएको सैन्य आक्रमणको योजना पूर्ण रूपमा रद्द गरेको जानकारी दिए ।

सम्झौतालाई इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र पाकिस्तानले समेत समर्थन गरेको ट्रम्पको दाबी छ ।

सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा पुगिसकेकाले यसै सप्ताहान्तमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युरोपमा हस्ताक्षर समारोह हुने र त्यसलगत्तै हर्मुज जलडमरू खुला गरिने उनले बताए ।

यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मस्यौदाका धेरै बुँदाहरूमा सहमति जुटेको स्वीकार गर्दै भने, “हालसम्म इरान सरकार कुनै अन्तिम निष्कर्षमा पुगेको छैन ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पसँगको संवादमा इजरायल यस समझदारीको प्रत्यक्ष हिस्सेदार नरहे पनि भविष्यमा हुने विस्तृत वार्ताले इरानको आणविक पूर्वाधार पूर्ण रूपमा भत्काउने कुरामा अमेरिका प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पको घोषणापछि विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ भने सेयर बजारमा उत्साह छाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com