काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस शुक्रबार दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ।

advertisement

दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप अद्यावधिक हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अरनिको यातायातको उक्त बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

दुर्घटनालगत्तै प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरू घटनास्थलमा परिचालित भएका थिए। मृतकहरूको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com