काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सांसदहरूले विनियोजन विधेयकको पुस्तिका नपढेको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा जवाफ दिँदै सुनेको आधारमा बोलेको टिप्पणी गरे ।

“विनियोजन विधेयकको पातलो पुस्तिका छ । माननीयज्यूहरूले धेरैले पाउनुभएन जस्तो बुझे मैले, उनले भने, पाउनुभए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा समग्र बजेटको विनियोजन सुनेको भरमा धेरै कुरा गर्नुभयो कि जस्तो महसुस भयो ।

advertisement

उनले सम्बन्धित विनियोजन विधेयक हेरेर आएको भए छलफल केन्द्रित हुन सक्ने बताए ।

एमाले सांसद राजेन्द्र राईले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखेका थिए । राजेन्द्रको नाम नै उल्लेख गरेर अर्थमन्त्रीले जवाफ दिए, बजेटको पुनर्लेखन हुन्छ, अर्को वर्ष ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com