काठमाडौँ । सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिने बताएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

‘सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनुभएको छ । उहाँहरूले दशकौँदेखि भूमिको संरक्षण गर्दै हुनुहुन्छ । उहाँहरूलाई नमन गर्नैपर्छ । यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चाल्ने नै छ ।’

advertisement

भारतसँगको सीमा विवाद परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा समाधानका लागि प्रयास गरिरहेको प्रवक्ता पोखरेलले बताए ।

शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न १७ जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीयले निगरानीमा राखिरहेका बेलामा दुवै आज फेरि एसएसवी नेपाल छिरेका हुन् । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com