काठमाडौं । गण्डकी प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले २३४ मत प्राप्त गर्दै बहालवाला सभापति राजन गौतमलाई पराजित गरेका हुन्। गौतमले १८२ मत प्राप्त गरे भने अन्य उम्मेदवारहरूले न्यून मत पाए।
विधानअनुसार आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि त्रिपाठी पहिलो चरणमै विजयी भएका हुन्। मतदान शुक्रबार राति सम्पन्न भएको थियो भने मतगणना शनिबार बिहान सकिएको थियो।
प्रदेश सदस्य पदका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए, जसमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन्। बाँकी पदहरूको नतिजा क्रमशः सार्वजनिक हुने बताइएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया