काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएपछि तनाव सिर्जना भएको छ।

स्थानीय रामबाबु सिंहकी बुहारी पिंकी महतो घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको खबर पाएपछि माइती पक्षका आफन्तहरू ठूलो संख्यामा घटनास्थल पुगेका थिए र उनले हत्या गरिएको तथा लामो समयदेखि यातना दिइएको आरोप लगाएका छन्।

advertisement

आक्रोशित माइती पक्षले ससुराली घरमा तोडफोड गर्नुका साथै एक कार, मोटरसाइकल र स्कुटरमा आगजनी गरेका थिए। स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको र त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

घटनामा केही व्यक्ति घाइते भएका छन्। थप अवस्था नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको थप टोली परिचालन गरिएको छ।

प्रहरीका अनुसार मृतकको वास्तविक कारण अझै खुलेको छैन। पोस्टमार्टम रिपोर्टपछि मात्रै कारण स्पष्ट हुने र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com