काठमाडौं। बितेका २४ घण्टामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ९८ चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय ९९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १ सय ६७ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १ सय २० जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ६८ जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय २० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १ सय ५६ जना, एकतर्फी सडकमा सवारी चलाउने १ सय ८६ जना तथा अन्य ट्राफिक नियम पालना नगर्ने १ हजार ३ सय ५६ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया