काठमाडौ । मध्यपूर्वमा जारी लामो युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र शान्ति सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले दाबी गरेको छ।

पाकिस्तानका अनुसार हालसम्म भएका वार्ताहरूमा धेरै विषयमा सहमति नजिक पुगेको छ र सम्झौता अन्तिम चरणमा प्रवेश गरेको छ।

advertisement

यसअघि युद्धविरामपछि पनि विभिन्न स्थानमा तनाव र झडप जारी रहेकाले शान्ति प्रक्रिया प्रभावित हुँदै आएको थियो।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जालमा लेख्दै पहिलेभन्दा धेरै विषयमा सहमति जुटेको र स्थायी शान्तिका लागि सम्झौता नजिक पुगेको बताएका छन्।

उनका अनुसार आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिन सक्ने अपेक्षा गरिएको छ र त्यसपछि प्राविधिक तहका वार्ता अघि बढाइनेछ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com