काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको छ।

advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन जेठ २९ गते चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा स्थिर रहेको थियो। आज चाँदीको मूल्यमा ५५ रुपैयाँको बढोत्तरी देखिएको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com