विराटनगर । पटनाको चर्चित कोचिङ संस्थान ‘खान ग्लोबल स्टडीज’ मा भएको आक्रमण र विवादमा मुछिएका बिहारका शिक्षा व्यवसायी रौशन आनन्दका भाइ प्रिन्स यादव नेपालको विराटनगरस्थित एक होटलमा शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

पटना पुलिसको गिरफ्तारीबाट बच्न केही दिनअघि सिमाना पार गरेर नेपाल छिरेका यादवको शव होटलको कोठाभित्र फेला परेपछि यो बहुचर्चित कोचिङ विवादले नयाँ र रहस्यमय मोड लिएको छ ।

advertisement

बिहारको सहरसा जिल्ला स्थायी घर भएका प्रिन्स यादवले ‘ज्ञान विन्दु एकेडेमी’ को प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

घटनाको जानकारी पाउनासाथ मोरङ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले होटललाई नियन्त्रणमा लिएर विस्तृत छानबिन सुरु गरेको छ ।

प्रारम्भिक जाँचका क्रममा मृत्युको स्पष्ट कारण खुल्न नसकेकाले घटनाको गहिराइसम्म पुग्न प्रहरीले होटल र आसपासका क्षेत्रबाट ५ जना शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ । पोस्टमार्टम रिपोर्ट र हिरासतमा रहेका व्यक्तिहरूको बयानका आधारमा यो घटना आत्महत्या हो, प्राकृतिक कारण हो वा योजनाबद्ध हत्या हो भन्ने कुराको पुष्टि हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com