काठमाडौं  । नेपाली कांग्रेसका नेता गुरु बरालले कांग्रेस पार्टी सरकारको मतियारका रूपमा देखिन थालेको आरोप लगाएका छन्।

आइतबार विराटनगरमा आयोजित कांग्रेसको इतर समूहको कार्यक्रममा बोल्दै बरालले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरे। उनले कांग्रेस कमजोर भए लोकतन्त्र र राष्ट्र दुवै कमजोर हुने बताए।

advertisement

बरालले जेन–जी आन्दोलनका क्रममा केही कांग्रेसीहरू सरकारको पक्षमा उभिएको उल्लेख गर्दै पार्टी विभाजनउन्मुख अवस्थामा पुगेको दाबी गरे। उनले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस सरकारको मतियारजस्तो देखिन थालेको टिप्पणी गरे।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com