काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने सन्देश दिएका छन्।
सार्वजनिक गरिएको पोस्टमा उनले ‘PM, HM, IM’ उल्लेख गरेका छन्, जसको अर्थ प्रधानमन्त्री, गृह मन्त्री र पूर्वाधार मन्त्री रहेको बताइएको छ।
तस्बिरमा प्रधानमन्त्री शाह दुई मन्त्रीसँगै देखिन्छन्। उनको यो पोस्टपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेको छ।
यसअघि पनि उनले सामाजिक सञ्जालमा छोटो र संकेतात्मक पोस्टहरू गर्दै आएका थिए, जसले विभिन्न अर्थ र चर्चा उत्पन्न गर्ने गरेको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया