काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद (पपुलिजम) ले देशलाई सही दिशामा लैजान नसक्ने बताएका छन्। सोमबार एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले तत्काल जनतालाई आकर्षित गर्ने तर दीर्घकालमा नकारात्मक असर पार्ने नीतिहरूबाट सावधान रहनुपर्ने बताए।

पोखरेलका अनुसार पपुलिजमले समाजमा भ्रम सिर्जना गर्ने र जनमतलाई अल्पकालीन रूपमा प्रभावित पार्ने भए पनि यसले दीर्घकालीन विकास र स्थायित्वमा योगदान गर्न नसक्ने बताए। उनले यस्ता प्रवृत्तिहरूलाई समाजलाई दिग्भ्रमित पार्ने ‘लोकरिझ्याइँ’ को रूपमा चित्रण गर्दै त्यसप्रति सचेत रहन आग्रह गरे।

advertisement

उनले पार्टी संगठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पार्टी शुद्धीकरण, सुदृढीकरण तथा पुनर्जागरण अभियानमार्फत एमालेलाई थप बलियो बनाइने उनको भनाइ थियो।

महासचिव पोखरेलले पार्टीभित्र गठन गरिएको कार्यदलले सुधारका विभिन्न पक्षमा काम गरिरहेको उल्लेख गर्दै त्यसको निष्कर्षका आधारमा संगठनलाई अझ मजबुत बनाइने बताए।

उनले पछिल्लो निर्वाचनमा पार्टी अनुकूल जनमत नआएको स्वीकार गर्दै संगठनात्मक र राजनीतिक दुवै क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताए। जनतासँगको सम्बन्ध कमजोर भएको उल्लेख गर्दै उनले अब एमाले प्रत्यक्ष रूपमा जनतासँग जोडिएर अघि बढ्ने बताए।

‘निर्वाचनमा एमालेको पक्षमा अपेक्षित जनमत आएन। हामी जनतासँगको सम्बन्ध अझ मजबुत बनाउन सकेनौँ,’ उनले भने, ‘अब एमाले जनतासँग प्रत्यक्ष रूपमा जोडिएर अघि बढ्छ।’

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com