काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छिन्।
संसद्मा उठाएका जनचासोका विषयको प्रतिक्रिया स्वरूप आफूविरुद्ध सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको बताउँदै उनले उजुरी दर्ता गराएकी हुन्। उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिएकी छिन्।
सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका धम्की, हिंसात्मक अभिव्यक्ति र दुर्व्यवहारप्रति शून्य सहनशीलता अपनाउने चेतावनी दिएकी खुश्वुले सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताइन्।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया