काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा ३०० रुपैयाँले बढी हो। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया