काठमाडौं। नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले खोज तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गरेको बजेट पर्याप्त नभएको बताएका छन्।

प्रतिनिधिसभाको मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद बरालले प्रत्येक स्थानीय तहमा सामुदायिक विद्यालयतर्फ कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

advertisement

उनले विज्ञान तथा प्रविधिको सुदृढीकरणका लागि हालसम्म निर्माण भएका पूर्वाधार पर्याप्त नभएको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी आवश्यक रहेको बताए। उनका अनुसार सरकारले यसका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने भए पनि हालको विनियोजन अत्यन्त न्यून रहेको छ।

सांसद बरालले खोज तथा नवप्रवर्तनका लागि विनियोजित ४ अर्ब रुपैयाँले आवश्यक माग पूरा गर्न नसक्ने बताए। साधारण खर्च बढी देखिए पनि अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा पर्याप्त स्रोत नपुगेको उनको भनाइ थियो।

उनले मुलुकको आर्थिक अवस्था उकास्न विज्ञान तथा प्रविधिको विकासलाई आधारशिलाका रूपमा लिनुपर्नेमा जोड दिए। आर्थिक समृद्धि, उत्पादन वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विस्तारका लागि सरकारले विज्ञान तथा प्रविधिमा दीर्घकालीन सोचसहित लगानी बढाउनुपर्ने उनले बताए।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com