काठमाडौं । चितवनबाट अपहरण गरिएका बालकको काठमाडौंमा सकुशल उद्धार, ५ भारतीय पक्राउ

चितवनको नारायणगढबाट अपहरण गरिएका १६ वर्षीय बालकलाई काठमाडौंबाट सकुशल उद्धार गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसपार्कस्थित एक होटलबाट बालकको उद्धार गरेको हो।

advertisement

प्रहरीका अनुसार ५/६ जनाको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखेर बालकलाई अपहरण गरी काठमाडौं ल्याएको थियो। परिवारसँग फिरौती मागिएको सूचनापछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।

घटनामा संलग्न ५ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू सबै भारतको बिहार राज्यका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com