काठमाडौं । पोखराको फेवातालमा अचानक आएको हावाहुरी र छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा दुई जना भारतीय नागरिक डुबेका थिए। सशस्त्र प्रहरीको टोलीले तत्कालै उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

उद्धार गरिएकामा भारतका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल रहेका छन्। उनीहरू पोखरा घुम्न आएका पर्यटक हुन्।

advertisement

सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले समयमै उद्धार गर्दा ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com