काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्मा विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठकका क्रममा पार्टीका सांसदहरूले आफ्ना माग र असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शन गरेपछि प्रभावित बनेको हाे। संसद्मा उत्पन्न अवरोधका कारण नियमित कार्यसूचीअनुसारको छलफल अघि बढ्न नसकेपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका हुन्।

सभामुखले सदनमा सहमति र सहज वातावरण कायम गर्न दलहरूबीच आवश्यक परामर्शका लागि समय उपलब्ध गराउने उद्देश्यले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

 

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com