काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आगामी महाधिवेशनका लागि नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरेको छ।

रास्वपाका अनुसार असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुने महाधिवेशनमा सहभागी हुन दुवै नेतालाई औपचारिक निमन्त्रणापत्र पठाइसकिएको छ।

advertisement

थापा र ओली निकट सचिवालय स्रोतका अनुसार निमन्त्रणा प्राप्त भए पनि महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा दुवै नेताले हालसम्म अन्तिम निर्णय गरिसकेका छैनन्।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीले संगठन विस्तार र भावी राजनीतिक दिशाबारे महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com