काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथिको छलफलका क्रममा रक्षा मन्त्री अनिवार्य रूपमा संसदमा उपस्थित हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साम्पाङले रक्षा मन्त्रालयको बजेटमाथि छलफल भइरहँदा सम्बन्धित मन्त्री अनुपस्थित हुनु उचित नहुने धारणा व्यक्त गरे। उनले संसदमा उठ्ने प्रश्नहरूको जवाफ दिन र सांसदहरूको जिज्ञासा सम्बोधन गर्न मन्त्री स्वयं उपस्थित हुनुपर्ने बताए।

advertisement

साम्पाङले रक्षा मन्त्रालयअन्तर्गतको बजेट विवरण पुस्तिका (बजेट बुक) समेत सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै असन्तुष्टि जनाए। बजेटमाथि प्रभावकारी छलफल गर्न आवश्यक कागजात समयमै उपलब्ध गराउनुपर्ने उनको माग थियो।

‘रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ भने सम्बन्धित मन्त्रीलाई संसदमा उपस्थित गराइनुपर्छ,’ उनले भने, ‘त्यसभन्दा पनि महत्वपूर्ण कुरा, रक्षा मन्त्रालयअन्तर्गतको बजेट बुक अहिलेसम्म किन उपलब्ध गराइएन ? यसबारे सदनले स्पष्ट जवाफ पाउनुपर्छ।’

उनले संसदलाई आवश्यक सूचना र दस्तावेज उपलब्ध गराएर बजेटमाथिको छलफललाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com