काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार प्रतिनिधिसभामा उपस्थित नभएपछि आफू मातहतका मन्त्रालय तथा कार्यालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयको बजेटमाथिको छलफलमा जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएनन्। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने जानकारी गराएका छन्।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












प्रतिक्रिया