काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ अचानक हाँसेपछि केहीबेर संसद् नै हाँसोले गुन्जायमान बन्यो।

जवाफ सुरु गर्नुअघि पानी पिएका गुरुङले ‘पानी खाएँ भने फेरि जिस्क्याउलान्, पानी त खान पाइन्छ नि ! हामीलाई त पानी बाँड्ने मान्छे भन्छन्’ भन्दै ठट्टा गरे। त्यसलगत्तै उनी हाँस्न थाले र जवाफ पढ्न खोज्दा पनि हाँसो रोक्न सकेनन्। केहीबेरपछि भने आफूलाई संयमित बनाउँदै उनले जवाफलाई निरन्तरता दिए।

advertisement

गत वर्षको जेन–जी आन्दोलनका क्रममा गुरुङमाथि आन्दोलनकारीलाई पानी बाँड्न पुगेको व्यक्ति भनेर चर्चा भएको थियो। उनले त्यसबेला आफूहरू पानी वितरणका लागि मात्रै गएको र कुनै तोडफोडमा संलग्न नभएको दाबी गरेका थिए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com