काठमाडौं । सरकारले जेठ महिनायता बसेका मन्त्रिपरिषद्का विभिन्न बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्बाट भएका कुल ८७ वटा निर्णय सार्वजनिक गरेका हुन्।
उनका अनुसार जेठ ५, ११, १५, १९, २६ र २९ गते बसेका मन्त्रिपरिषद् बैठकहरूमा भएका नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी विभिन्न निर्णयहरूको विवरण सार्वजनिक गरिएको हो।
सरकारले नियमित रूपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने अभ्यासअनुसार ती बैठकहरूबाट पारित भएका निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको मन्त्री पोखरेलले जानकारी दिए।
सार्वजनिक गरिएका निर्णयहरू विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक नियुक्ति, विकास आयोजना, नीतिगत व्यवस्था तथा सार्वजनिक सरोकारका अन्य विषयसँग सम्बन्धित रहेका छन्।
(निर्णयहरू)
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार













प्रतिक्रिया