काठमाडौं। सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन तथा सूचना प्रकाशन–प्रसारण गर्ने निर्णयको विरोध गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ। महासंघले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै खारेज गर्न माग गरेको हो।

प्रदर्शनमा विभिन्न पेशागत संगठन तथा सरोकारवालाको समेत सहभागिता रहेको थियो। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान, नागरिकको सूचनाको हकको सुनिश्चितता तथा निजी सञ्चारमाध्यममाथि गरिएको विभेद अन्त्य गर्न सरकारसँग माग गरेको छ।

advertisement

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com