काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने स्थान र समय परिवर्तन गरिएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार यसअघि दिउँसो १ बजे होटल सीएमटीको बैठक हलमा बस्ने तय गरिएको बैठक अब भरतपुर–२ स्थित विक्रम मार्गको दियालो फुडल्यान्डमा आयोजना गरिने भएको हो।

महाधिवेशनअघि बस्न लागेको यो केन्द्रीय समितिको अन्तिम बैठक हो। बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, महाधिवेशन प्रतिनिधि चयन, महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदन तथा विधान संशोधनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

advertisement

पार्टीले बैठकको स्थान र समय परिवर्तनबारे सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई जानकारी गराइसकेको जनाएको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com