काठमाडौं। अहिले विश्वभर फुटबल विश्वकप २०२६ को रोमाञ्च छाएको छ। विश्वकपका हरेक खेल, हरेक गोल र हरेक जितसँगै विश्वका अर्बौं समर्थक फुटवलसँग भावनात्मक रूपमा जोडिएका छन्। नेपालमा पनि विश्वकपको उत्साह उत्तिकै देखिन्छ। रातभर जाग्राम बसेर आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने लाखौं नेपाली समर्थकको ऊर्जा र उत्साहलाई थप सशक्त बनाउने सहयात्रीका रूपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ चर्चामा छ। खेलको रोमाञ्च चरममा पुग्दा, साथीभाइसँग बसेर खेल हेर्ने हरेक क्षणमा ‘एक्स्ट्रिम’ नेपाली समर्थकहरूको रोजाइ बन्दै गएको छ।
विश्वकपको हरेक पास, हरेक गोल र हरेक जितको खुसीसँगै यस इनर्जी ड्रिंकले पनि समर्थकहरूमा नयाँ ऊर्जा थपिरहेको छ। नेपालमै उत्पादन हुने ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ ले केवल ऊर्जा मात्र होइन, स्वदेशी उत्पादनप्रतिको विश्वास पनि बढाइरहेको छ। लाखौं नेपाली उपभोक्ताको विश्वास जित्दै आएको यो ब्रान्डले खेलकुदप्रेमीहरूको हौसला बढाउनुका साथै “मेड इन नेपाल” अभियानलाई पनि थप बल पुर्याएको छ। आजको व्यस्त जीवनशैलीमा बिहानको कसरतदेखि कार्यालयको व्यस्त समय र राति विश्वकपको रोमाञ्चक खेलसम्म शरीर र मनलाई स्फूर्त राख्ने साथी बनेको ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ एग्रो थाई फुड्स प्रा.लि.द्वारा उत्पादित स्वदेशी ब्रान्ड हो।
विश्वमा इनर्जी ड्रिंकको इतिहास सन् १९६२ मा जापानबाट सुरु भएको मानिन्छ। त्यसैको आधुनिक अवधारणालाई आत्मसात् गर्दै एग्रो थाई फुड्सले अन्तर्राष्ट्रियस्तरको प्रविधि र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली बजारमा ‘एक्स्ट्रिम’ उत्पादन गर्दै आएको छ। ‘एक्स्ट्रिम’ केवल पेय पदार्थ मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार पनि बनेको छ। कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० हजारभन्दा बढी नेपालीलाई रोजगारी उपलब्ध गराउँदै आएको छ भने नेपाल सरकारलाई उल्लेखनीय राजस्वसमेत योगदान गरिरहेको छ।
आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली उत्पादनको पहिचान स्थापित गर्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको छ। सुगमदेखि दुर्गमसम्म सहज उपलब्धता, आकर्षक प्याकेजिङ, प्रभावकारी बजार रणनीति र गुणस्तरीय उत्पादनका कारण ‘एक्स्ट्रिम’ आज लाखौं नेपालीको विश्वासिलो ब्रान्ड बनेको छ।
अहिले चलिरहेको विश्वकपको महासंग्राममा एक्स्ट्रिम इनर्जी ड्रिंक’को प्रयोग र चर्चा झनै चुलिएको छ । एक्स्ट्रिमले युवा जोस र उत्साह बढाएको छ ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया