चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ जना प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आइतबार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गर्दै विभिन्न प्रदेशबाट चयन भएका प्रतिनिधिहरूको विवरण सार्वजनिक गरेको हो। निर्वाचन आयोगका प्रमुख भुवन केसीले नामावली प्रकाशनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको जानकारी दिए।
सार्वजनिक विवरणअनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी ७४४ जना प्रतिनिधि चयन भएका छन्। त्यसैगरी लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७, कोशीबाट ३९३ तथा कर्णालीबाट ३४३ जना प्रतिनिधि छनोट भएका छन्।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली दाबी–विरोध र आवश्यक प्रक्रिया पूरा भएपछि प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
नामावली यसप्रकार रहेको छ
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया