चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।

पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाएर प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन्। घण्टीको निनादसँगै रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको औपचारिक शुभारम्भ भएको हो।

advertisement

उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी नेपाली कांग्रेसका सभापति गगन थापाले पनि घण्टी बजाउँदै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

भरतपुरमा आयोजित उद्घाटन सत्रमा प्रतिकूल मौसम र मुसलधारे वर्षाका बाबजुद प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। वर्षालाई बेवास्ता गर्दै उपस्थित सहभागीहरूले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए।

रास्वपाको राजनीतिक इतिहासमा कोसेढुंगा मानिएको यस महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com