काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रहेका छन्। उनीहरूले ग्रीस, क्रोएसिया, सर्बिया, युके, युएई र अजरबैजान पठाइदिन्छु भन्दै पीडितसँग लाखौँ रुपैयाँ लिएको र पछि सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार











प्रतिक्रिया