काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरेर दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाका रञ्जित कुमार पासवान र एक १६ वर्षीय किशोर रहेका छन्। नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका छन्। उनीहरूको साथबाट १०१ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतीय सीमानजिक लागुऔषध कारोबार भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र घुँडामुनि गोली प्रहार गरेको थियो। घटनामा एक प्रहरी जवान पनि घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पासवानले नेपालमा १० देखि १२ किलोसम्म ब्राउन सुगर आपूर्ति गरेको खुलेको प्रहरीले जनाएको छ।

advertisement

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com