काठमाडौँ । चितवनको भरतपुर–१५, अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

भरतपुरबाट रामपुर जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बाप्र०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

advertisement

दुर्घटनामा भरतपुर महानगरपालिका–२६, दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजीब गुरुङ गम्भीर घाइते भएको र उपचारक्रममा आज बिहान २ः४० बजे उनीहरुको मृत्यु भएको हो ।

ट्रक चालक मकवानपुर, राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com