काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त र कडा बनाइएको छ।

महाधिवेशन स्थल र आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको हो।

गत आइतबारदेखि भव्य रूपमा सुरु भएको रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशन आगामी मंगलबारसम्म चल्ने तालिका रहेको छ। महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र तथा विभिन्न सांगठनिक एवं नीतिगत विषयहरूमाथि छलफल हुने भएकाले पनि सुरक्षा जाँच र निगरानीमा थप कडाइ गरिएको बुझिएको छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com