काठमाडौं । पोखरा महानगरपालिका–६, लेकसाइड नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक किशोरी गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार शनिबार राति बुलौंदी ओरालोमा ग९प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा पोखरा–३३ बागमाराका २३ वर्षीय बिश्वास मल्ल ठकुरीको मृत्यु भएको छ। टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका–९ घर भई काठमाडौँको मूलपानी बस्दै आएकी १७ वर्षीया किशोरी रविना ढुंगेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ र हाल गण्डकी मेडिकल कलेजमै उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया