काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका ७० जना र आइडियल यमुना सहकारीका १२ जना बचतकर्ताले आफ्नो रकम प्राप्त गरेका हुन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। हालसम्म लालीगुराँस सहकारीका ३०८ जना बचतकर्ताको रकम फिर्ता भइसकेको छ। समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको छ, जसमा अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाइएको छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












प्रतिक्रिया