काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदम राजनीतिक पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित भएको आरोप लगाएको छ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेलको पक्राउलाई गैरन्यायिक र विधिको शासनविपरीत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

advertisement

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले पौडेललाई सम्मानजनक कानुनी प्रक्रिया अपनाउनुको सट्टा अपमानित गर्ने उद्देश्यले पक्राउ गरिएको दाबी गरे। उनले सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याउने शैलीप्रति समेत एमालेले असन्तुष्टि जनाएको बताए।

‘उहाँमाथि गरिएको व्यवहार कानुनी राज्यको मान्यतासँग मेल खाने खालको छैन। पक्राउ प्रक्रिया प्रतिशोधपूर्ण र गैरन्यायिक देखिएको निष्कर्ष बैठकले निकालेको छ,’ महरले भने।

एमालेले उपाध्यक्ष पौडेललाई तत्काल रिहा गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ। साथै, घटनालाई राजनीतिक रूपमा गम्भीरतापूर्वक लिँदै संसद्भित्र र बाहिर सशक्त रूपमा आफ्नो धारणा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।

महरका अनुसार संसदीय दलको बैठकले सरकारले अपनाएको शैली लोकतान्त्रिक अभ्यास र विधिको शासनको मर्मअनुसार नभएको ठहर गर्दै त्यसविरुद्ध राजनीतिक र संसदीय रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com