काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि तेस्रो संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार अद्यावधिक कार्यतालिका प्रकाशित गर्दै महाधिवेशनको निर्वाचन कार्यक्रमलाई नयाँ समयसीमाअनुसार अघि बढाउने जनाएको हो।

advertisement

निर्वाचन आयोगका अनुसार महाधिवेशनको बदलिँदो कार्यतालिका र आवश्यक व्यवस्थापनलाई मध्यनजर गर्दै संशोधित तालिका जारी गरिएको हो। नयाँ कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा मतदानलगायतका कार्यक्रम समेटिएका छन्।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र सञ्चालन भइरहेको छ भने नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको छ।

पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचना, नीति तथा भावी कार्यदिशाबारे निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com