काठमाडौं । विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि २० दिनको म्याद माग गरेको भए पनि अदालतले प्रारम्भिक रूपमा ७ दिनको अनुमति दिएको हो।

पौडेललाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएर नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो। विभागले मंगलबार करिब दुई घण्टा बयान लिएपछि उनलाई विशेष अदालतमा उपस्थित गराएको थियो।

advertisement

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com