काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागकी सदस्य मेनुका शाही को पहलमा दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा पूर्वाधार, ऊर्जा, सिँचाइ तथा खानेपानी क्षेत्रका महत्वाकांक्षी करोडौंका विकास योजना परेका छन्।
पूर्वाधार विकास मन्त्रालय तथा ऊर्जा, सिँचाइ जलस्रोत तथा खानेपानी मन्त्रालय मार्फत जिल्लाका सबै स्थानीय तह र कर्णाली प्रदेशका अन्य जिल्लाका स्थानीय तहमा सडक, पुल, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकास निर्माणका योजनाहरू समावेश भएका छन् ।
विगत लामो समयदेखि विकासका दृष्टिले पछाडि परेको दैलेखमा आधारभूत पूर्वाधार विस्तार तथा जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित योजना ल्याइएको शाहीले बताइन् । विशेषगरी ग्रामीण बस्तीमा खानेपानीको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा विस्तार तथा सडक सञ्जाल सुधारलाई प्राथमिकता दिइएको छ।
शाहीले दैलेखको समग्र विकासका लागि सम्बन्धित मन्त्रालयहरूसँग निरन्तर समन्वय र पहल भईरहेको बताइन् । आगामी दिनमा पनि जिल्लाको आवश्यकता अनुसार थप योजनाहरू ल्याउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ।
स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले यी योजनाले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। योजना कार्यान्वयनसँगै दैलेखका दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको शाहीले बताएकी छन् ।
दैलेख जिल्लाका स्थानीय तहमा परेका योजनाहरु:

प्रकाशित मिति: १० असार २०८३, बुधबार













प्रतिक्रिया