काठमाडाैं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ रुपैयाँ निर्धारण भएको छ।

advertisement

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com