काठमाडौं । मोरङको रंगेली नगरपालिका–८ दर्वेशामा सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ। बुधबार अपराह्न घर सरसफाइ गर्ने क्रममा अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका ताजपुरियालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिए पनि चिकित्सकले अस्पताल पुगेलगत्तै मृत घोषणा गरेका थिए। उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया