काठमाडौं । नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच हजार २००रुपैयाँले घटेर दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको  छ।

advertisement

बुधबार  सुनको मुल्य  दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com