काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती पार्कमा एक पुरुषको शव फेला परेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बुधबार बिहान पार्क क्षेत्रमा पुरुष मृत अवस्थामा फेला परेका हुन्।
मृतक सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया